विद्युतीय एसयुभी ‘जेको जे सिक्स’लाई पोखरामा इलाइट मोटर्सले बिक्री गर्ने

पोखरा । सारडा समूहअन्तर्गतको एसपिजी अटोमोबाइलले नेपाली बजारमा भित्र्याएको चिनीयाँ ब्राण्ड ‘जेको’को ‘जे सिक्स’ एसयुभीलाई पोखरामा इलाइट मोटर्स प्रालिले बिक्री गर्ने भएको छ ।

अटोमोबाइल व्यवसायमा पोखरा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल इलाइट मोटर्सले बहुप्रतिक्षित विद्युतीय एसयुभी बिक्री वितरण गर्ने भएको हो । भदौमा काठमाडौंमा आयोजना हुने नाडा अटो सोमा यो गाडी प्रदर्शनीमा राखिनेछ भने देशभरका शोरुमहरुमा बुकिङ खुल्ला हुनेछ । आधिकारिक बिक्रेता कम्पनीले छिट्टै नेपाली बजारमा जे सिक्सका अन्य गाडीहरु पनि नेपाल भित्र्याउने तयारी गरेको छ ।

७० लाख रुपैयाँ भन्दा सस्तोमै गाडी नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । राम्रो सुरक्षा फिचर्ससहित उपलब्ध हुने गाडी धेरै सस्तो मूल्यमा उपलब्ध भएसँगै पोखरा क्षेत्रमा पनि लोकप्रिय हुने इलाइट मोटर्सले विश्वास लिएको छ । अफरोड लगायत लङड्राइभका लागि गाडी उपयोगी रहेको र नेपाली बजारमा यो विद्युतीय एसयुभी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

‘लाइफ स्टाइल एसयुभी’ भनेर ब्राण्डिङ गरिएको यो गाडीमा १ सय ३५ किलोवाट पिक पावर मोटर र ६९।८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । जे सिक्सको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएमछ । फुल चार्जमा गाडीको रेन्ज ५ सय किमी भन्दा बढी हुने बताइएको छ ।

You might also like

Comments are closed.