पोखरामा अल–न्यू JAECOO J6T को आगमन, वाडा अटो शोमा सार्वजनिक

नयाँ J6T पोखरामा सुरुवाती अफर अन्तर्गत मात्र रु. ६६.९९ लाखमा उपलब्ध

पोखरा । ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) को पोखराका लागि आधिकारिक डिलर इलिट मोटर्स प्रा. लि. ले पोखराको लेकसाइडमा जारी WADA अटो शो २०२६ मार्फत बहुप्रतिक्षित Jaecoo J6T आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

यसअघि Jaecoo J6 ले पाएको सफलतापछि, नयाँ J6T अझ शक्तिशाली र रग्ड डिजाइनका साथ पोखराका ग्राहकहरूका लागि आएको हो। सिमित अवधिका लागि ग्राहकहरूले यो गाडी विशेष प्रारम्भिक अफर अन्तर्गत मात्र रु. ६६.९९ लाखमा खरिद गर्न सक्नेछन् (जसको अधिकतम खुद्रा बिक्री मूल्य रु. ६८.९९ लाख तोकिएको छ)।

यस गाडीलाई २५ देखि २९ मार्च २०२६ (तदनुसार १२ देखि १६ चैत २०८२) सम्म पोखराको लेकसाइड ग्राउन्डमा आयोजना भइरहेको WADA अटो शोमा प्रदर्शनीमा राखिएको छ। इच्छुक ग्राहकहरूले स्टलमा गई यस गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

अल–रोडर Jaecoo J6T मा रियर–माउन्टेड मोटर रहेको छ जसले 220Nm टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट (LFP) CATL ब्याट्री जडान गरिएको छ, जसले 431KM सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै 225mm ग्राउन्ड क्लियरेन्स भएको यो गाडी 4,433 मिमी लम्बाइ, 1,916 मिमी चौडाइ, 1,741 मिमी उचाइ तथा 2,715 मिमी ह्वीलबेसमा उपलब्ध छ। गाडीमा 19–इन्च टायर, 15.6–इन्च सेन्ट्रल टचस्क्रिन, 9.2–इन्च इन्स्ट्रुमेन्ट प्यानल, 50W वायरलेस चार्जर तथा 8 स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।

यसअघि Jaecoo J6 मा 200 मिमी ग्राउन्ड क्लियरेन्स तथा 400 किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ Jaecoo J6T मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। Jaecoo J6 को सफल आधारलाई थप मजबुत बनाउँदै J6T ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।

नयाँ Jaecoo J6T अहिले WADA अटो शोमा प्रदर्शनीका लागि र पोखरास्थित इलिट मोटर्सको शोरुममा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ। दिगो विद्युतीय शक्ति र अफ–रोड क्षमताको खोजीमा रहेका SUV प्रेमीहरूका लागि यो उत्कृष्ट रोजाइ हो।

 

You might also like

Comments are closed.