पोखरा । बैदाम तामाङ सेवा समाजको दशौं बार्षिक साधारण सभा तथा छैंठौं अधिबेशनले पुनः ज्याक तामाङको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।
१५ सदस्यिय कार्यसमितीमा सरस्वती तामाङ उपाध्यक्ष, निमा तामाङ सचिव, लक्ष्मण तामाङ सहसचिब, कविता योञ्जन कोषाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा टेकबहादुर तामाङ, खड्क बहादुर तामाङ, बंगेल लामा, नम्रता तामाङ, सन बहादुर तामाङ, बम बहादुर तामाङ, निरक तामाङ, धवा तामाङ, रजनी तामाङ, कृष्णबहादुर बोल निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी धनबहादुर तामाङले वितेको १० वर्षमा बैदाम तामाङ सेवा समाजले विशेष पहिचान बनाएको बताए । समाजका अध्यक्ष ज्याक तामाङले सबैको सहयोगले नै समाजले समुदायको हितका लागि काम गर्न सकेको बताए । युवाहरुलाई सक्षम बनाई देश सेवामा परिचालन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा समाजका उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत तथा सचिब निमा तामाङले सञ्चालन गरेका थिए ।
Comments are closed.