पोखरा जगदम्बाले भित्र्यायो सुविधा सम्पन्न बस, २५ सय भाडामा केके छन् सुविधा ?

पोखरा । सार्वजनिक यातयातका क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्दै आइरहेको कम्पनी हो पोखरा जगदम्बा ट्राभल्स । सार्वजनिक यातायातलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले प्रिमियम गाडीमा लगानी गरेको बताउँछन् सञ्चालक केशवप्रसाद अधिकारी ।

६ वर्ष अगाडि एसियाकै उत्कृष्ट मध्येको बस सेवा सुरु गरेको कम्पनीले सोही सेवालाई अझै सुविधायुक्त बनाउँदै विस्तार गरेको छ । प्रालिले गत तिहारमा पनि सोही प्रकारका गाडीहरु भित्र्याएको थियो ।

यसैक्रममा प्रालिले काठमाडौं पोखरा सञ्चालन हुने गरी थप २ वटा गाडी भित्र्याएको छ । एउटा गाडीमा १ करोड ५० लाख लगानी हुँदा २ वटा गाडीमा ३ करोड रुपैयाँ लगानी थप भएको अधिकारीले जानकारी दिए । एउटा गाडीमा २९ सिट क्षमता छ ।

jutta mela

गाडीमा लक्जरी सोफासिटको व्यवस्था छ । आरामदायी यात्राका लागि सहज हुने अधिकारी बताउँछन् । गाडीमा सेवा लिनका लागि २५ सय रुपैयाँ भाडादर कायम गरिएको छ । यात्रुले यात्रामा पाउने सेवाहरुमा मिनरल वाटर, चिया, कफी, चिसो पेय पदार्थ, कुकीज, ताजा र हेभी ब्रेकफास्ट, डालिमा रिसोर्ट कुरिन्टारमा हेभी बफे लन्च समावेश गरिएको छ ।

बसमा रिमोट कन्ट्रोल बिलासी सोफा सीटहरू, शौचालय, सिट बेल्ट, विलासी एयर सस्पेन्शन एयर बस, चार्ज पोर्ट, थ्रिडी ध्वनि प्रणाली र टेलिभिजन लगायतका सेवा उपलब्ध छन् ।

गाडीले बिहीबारदेखि नियमित सेवा प्रदान गर्नेछ । पोखराको पर्स्याङस्थित जगदम्बाको ग्यारेजबाट सुरु भइ लेकसाइड हुँदै बसले काठमाडौंको यात्रा तय गर्नेछ । काठमाडौंमा लैनचौर मल्ल होटलबाट बस छुट्नेछ । बस पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत सञ्चालनमा आउँदैछ । प्रालि अन्तर्गत सुविधा सम्पन्न बसहरु सञ्चालन हुने क्रम बढिरहेको र आफूहरु यात्रुलाई स्तरीय सेवा प्रदान गर्न तत्पर रहेको प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए ।

You might also like

Comments are closed.