काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएस जुपिटरको भव्य सार्वजनिक उद्घाटन गर्ने भएको छ । भोली सोमबार २०२५ का दिन काठमाडौंको हयात रीजेन्सी होटल, बौद्धमा आयोजना हुने यो कार्यक्रममा दिउँसो २ बजेबाट औपचारिक रुपमा स्कुटर सार्वजनिक गरिनेछ ।
नयाँ जुपिटर स्कुटरलाई अत्याधुनिक प्रविधि, प्रदर्शन, तथा शैलीलाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ । कम्पनीका अनुसार, यो स्कुटर बढी आरामदायी, उच्च माइलेज दिने, तथा विभिन्न एडभान्स फिचर्सले भरिपूर्ण हुनेछ । यस्तो नवीनतम उत्पादन उनीहरूका लागि लक्षित गरिएको छ, जसले प्रत्येक यात्रामा थप अनुभवको अपेक्षा राख्दछन् ।
कार्यक्रममा स्कुटरको विशेष झलक प्रस्तुत गरिनुका साथै उपस्थित अतिथिहरूलाई प्रत्यक्ष अनुभव गर्न समेत अवसर प्रदान गरिनेछ । कम्पनीले स्कुटरको मूल नारालाई “स्कुटर द्याट्स मोर” अर्थात् “अझ बढी दिने स्कुटर” को रुपमा प्रस्तुत गरेको छ ।
जगदम्बा मोटर्सका अधिकारीहरूले सहभागी हुन इच्छुक सबैलाई समयमै आरएसभीपी गर्न आग्रह गरेका छन् । कार्यक्रममा सहभागी हुन इच्छुकहरूले ९८०२०७११३५ वा ९८०२०७१०१७ मा सम्पर्क गर्न सक्नेछन् ।
“Expect more. Ride smarter.” भन्ने नारासहित प्रस्तुत गरिएको यो स्कुटरले नेपाली बजारमा नयाँ उचाइ स्थापित गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.