पोखरा जगदम्बा ट्राभल्सले थप गर्यो ४ वटा अत्याधुनिक सुविधा सम्पन्न बस

पोखरा । सार्वजनिक यातायात सेवाको क्षेत्रमा स्थापित समूह पोखरा जगदम्बा ट्राभल्सले अत्याधुनिक सुविधा सम्पन्न बस थप गर्ने क्रमलाई निरन्तरता दिएको छ । ट «ाभल्सले पर्यटकीय शहर पोखरालाई राजधानी काठमाडौंसँग जोड्ने गरी २ वटा र काकडभिट्टासम्म चल्ने गरी थप २ वटा गरी ४ वटा बस शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य दामोदर पौडेल (बैरागी) ले उक्त बस सेवाका सुरुवात गरे ।

यात्रुलाई स्तरीय बसमा यात्रा गर्ने वातावरण बनाउन आफूहरु निरन्तर सक्रिय रहेको सञ्चालक केशवप्रसाद अधिकारीले बताए । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहने गरी नयाँ बस थप भएका हुन् । दसैंको पूर्व सन्ध्यामा थप भएका बसबाट यात्रुले स्तरीय सेवा प्राप्त गर्ने सञ्चालन अधिकारीले विश्वास लिए ।

थप भएका बसमा २१ सिट छन् । सोफासिटको व्यवस्था रहेको बसमा वासरुम, टि.भी, वाईफाईको सुविधा छ । चिया, कफी, खाना, खाजा तथा ब्ल्याङकेटको सुविधा पनि बसमै उपलब्ध हुनेछ । यस अगाडिका स्तरीय बसको सेवाबाट यात्रुहरुले सकारात्मक प्रतिक्रिया दिएपछि कम्पनीले सुविधायुक्त बसहरु थप्ने क्रम जारी राखेको हो ।

jutta mela

कम्पनीले रात्रि र दिवा दुवै सेवामा सुपर डिलक्स बसहरु सञ्चालन गरिरहेको छ । शुक्रबारबाट सञ्चालनमा आएका बसमा १ हजार ६ सय रुपैयाँ भाडा कायम गरिएको छ । बस क्र्युको सुविधा रहेको बसमा यात्रुले चिया, कफी, खाजा, पानीको सुविधा निःशुल्क पाउनेछन् ।

पोखरादेखि पूर्व धरान, विराटनगर, काकडभिट्टा क्षेत्रका यात्रुहरुको माग अनुसार पूर्वका लागि पनि गाडी सञ्चालनमा ल्याइएको अधिकारीले बताए । ‘पूर्व जाने यात्रुका लागि सुविधायुक्त बसको माग भएकाले हामीले व्यवस्था गरेका हौं,’ उनले भने ।

 

You might also like

Comments are closed.