पोखरा जगदम्बा ट्राभल्सले विद्युतीय बस सेवा सन्चालन गर्ने

पोखरा । जगदम्बा ट्राभल्सले पृथ्वी राजमार्ग बस सन्चालन कम्पनी प्रा. लि.मा आबद्ध रहँदै पोखरा–काठमाडौँ–वनेपा, धुलिखेल पोखरा रुटमा सञ्चालन हुने नयाँ अत्याधुनिक EV (विद्युतीय) लक्जरी बस सेवा सन्चालन गर्ने भएको छ ।

कम्पनीले फागुन ६ गते बुधबार बिहान ८:०० बजे पोखरा –६ स्थित पोखरा इभेन्ट सेन्टरमा एक विशेष कार्यक्रमबीच बस सेवाको औपचारिक उद्घाटन गर्ने जनाएको छ ।

शुभारम्भ कार्यक्रममा  यातायात व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहने बताइएको छ । कम्पनीका अनुसार विद्युतीय बस सेवाले वातावरणमैत्री, सुरक्षित तथा आरामदायी यात्रा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

बस छुट्ने समयअनुसार पोखराबाट बिहान ८:०० बजे, काठमाडौँबाट बिहान ५:०० बजे  प्रस्थान गर्ने तालिका सार्वजनिक गरिएको छ । कम्पनीले सबै यातायात व्यवसायी, शुभेच्छुक तथा यात्रु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन आग्रह गरेको छ ।

You might also like

Comments are closed.