काठमाडौं । दशैं पर्वलाई लक्षित गर्दै जगदम्बा मोटर्सले नेपालमा टीभीएस सवारीसाधनका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । “आयो टीभीएसको दशैं अझै दशैं” नाम दिइएको यस योजना अन्तर्गत, ग्राहकहरूले नयाँ टीभीएस सवारीसाधन प्रि–बुकिङ गर्दा आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार, यो अफर अन्तर्गत प्रि–बुकिङ गर्ने ग्राहकहरूले रू. २,५०० बराबरको निश्चित उपहार प्राप्त गर्नेछन्। साथै, हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले स्मार्टवाच वा इयरबड्स जस्ता गिफ्टहरू जित्न सक्नेछन् ।
टीभीएसको कुनै पनि उत्पादको जानकारी लिने ग्राहकहरू यो दैनिक उपहार योजनामा सहभागी हुन सक्नेछन् र अर्को दशैं अफर सार्वजनिक नहुँदासम्म यो योजना लागू रहनेछ । जगदम्बा मोटर्सले ग्राहकको उत्साह बढाउन र चाडपर्वको अवसरलाई अझ विशेष बनाउन यो योजना ल्याएको जनाएको छ ।
Comments are closed.