पोखरा । कास्की मोडल हस्पिटल प्रा.लि. न्युरोड पोखराको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न १६औं साधारणले गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालकहरुमा डा. लुमेश्वर आचार्य, डा. भोगेन्द्रबहादुर केसी, डा. वीरबहादुर कार्की, दिलीप कुमार शर्मा, शान्ति श्रेष्ठ उदास, डा. सुधिररमण पराजुली र सूर्यप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
नवनिर्वाचित बोर्ड बैठकले डा. लुमेश्वर आचार्यलाई प्रवन्ध सञ्चालक नियुक्त गरेको छ । ३ वर्षे कार्र्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरिएको हो । पोखरामा १७ वर्ष अगाडि स्थापना भएको हस्पिटलमा ५० वेडको क्षमता छ ।
Comments are closed.