जगदम्बाले ल्यायो मनसुन अफर, पार्टस् र सर्भिसमा विशेष छुट

काठमाडौं । हेभी इक्वीपमेन्ट क्षेत्रमा स्थापित केसले मनसुन सिजनलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । मनसुन अफर अन्तर्गत ग्राहकहरूले सेवा तथा पाट्र्समा आकर्षक छुटको फाइदा उठाउन सक्नेछन् ।

अफरमा वर्कशप परिसरमा गरिएको सर्भिसिङका लागि फ्री लेबर चार्ज, स्पेयर पाट्र्समा अधिकतम १५% सम्म छुट, अपरेटरका लागि आकर्षक उपहारहरु छन् ।

ग्राहकले आफ्नो मेसिनको समयमै मर्मत तथा सर्भिस गरेर आगामी वर्षा यामलाई भरपर्दो बनाउन यो अवसर उपयोग गर्न सक्नेछन् । यो मनसुन अफरबाट ग्राहकहरुले लाभ लिन सक्ने विश्वास कम्पनिले लिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.