काठमाडौं । शंकर समूह अन्तर्गतको तथा नेपालमा टिभिएस को आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि भृकुटीमण्डप, काठमाडौंमा टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ। चैत ११ गते शुरु भएको कार्यक्रम चैत १६ गतेसम्म संचालन हुनेछ । उद्घाटनको दिनमा ५०० भन्दा बढी आगन्तुकको उत्साहजनक सहभागिता देखिएको थियो, जसले विभिन्न स्थलमै हुने गतिविधिमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा अवलोकनकर्ताले टिभिएस का सम्पूर्ण दुई पाङ्ग्रे सवारीहरूको अवलोकन गरे, टेस्ट राइडमा सहभागी भए तथा आफ्ना पुराना बाइक साट्ने विकल्पहरूको मूल्यांकन गरे। ग्राहकलाई तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स योजना सम्बन्धी सहयोग प्रदान गर्न विशेष परामर्श काउन्टरहरू पनि स्थापना गरिएको थियो, जसले खरिद निर्णयलाई अझ सहज र छिटो बनाएको थियो।
कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल तथा कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा भएको थियो । सो अवसरमा टिभिएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल तथा विभिन्न इन्फ्लुएन्सरहरूको पनि उपस्थिति रहेको थियो। अतिथिहरूले आगन्तुकहरूसँग अन्तरक्रिया गर्दै प्रदर्शनी क्षेत्रको अवलोकन गरे तथा कार्निभलमा उपलब्ध मुख्य उत्पादन विशेषता र अफरहरूबारे जानकारी गराएका थिए ।
कार्यक्रममा उत्साह थप्न कार्निभल अवधिभर उच्च ऊर्जा मनोरञ्जन तथा भीड संलग्नता गतिविधिहरू सञ्चालन हुनेछन्। प्रत्येक दिन फरक गतिविधिहरू प्रस्तुत गरिनेछ—लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, स्थलमै हुने विभिन्न एक्टिभेसन, फूड स्टलहरू तथा निरन्तर टेस्ट राइड सत्रहरू जसले आगन्तुकहरूलाई हरेक दिन नयाँ र आकर्षक अनुभव प्रदान गर्नेछ। साथै, याबी द न्इब्त् र म्व् ःह्ल्क्ष्क्ज् को लाइभ प्रस्तुतीले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउनेछ।
कार्निभलमा ८ हजार रुपैयाँको भ्यालु एडिसन, ७ हजार रुपैयाँ नगद छुट, ३,७१० बाट इएमआइ सुरु हुने लगायतका अफर छन् ।
पुरानो बाइक एक्सचेन्ज गर्दा ५० भन्दा बढी रीकन्डिसन्ड बाइक कम्पनीको सहभागिता रहेको छ । पुराना सवारी साधनका लागि सुनिश्चित प्रतिस्पर्धात्मक मूल्यांकन हुनेछ, तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स परामर्श सुविधा पनि कार्यक्रममा रहेको छ ।
यस अवसरमा बोल्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले भने,“ टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गर्न पाउँदा हामी उत्साहित छौं र पहिलो दिनको सकारात्मक प्रतिक्रियाले हामीलाई थप हौसला दिएको छ। यस कार्यक्रमले ग्राहकहरूलाई त्ख्क् को सम्पूर्ण पोर्टफोलियो अवलोकन गर्न तथा आकर्षक एक्सचेन्ज र फाइनान्स योजनाबाट लाभ लिन उत्कृष्ट अवसर प्रदान गर्दछ।”
त्यसैगरी, कार्यकारी निर्देशक अखिल गुप्ताका अनुशार ,“यो कार्निभल ग्राहकलाई मूल्य र सहजता दुवै प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो। चैत १६ सम्म सञ्चालन हुने यस कार्यक्रममा आगामी दिनहरूमा अझ बढी आगन्तुकहरूको स्वागत गर्न हामी उत्साहित छौं। साथै, कार्यक्रम अवधिभर नयाँ बाइक तथा स्कुटर मोडलहरू सार्वजनिक गर्ने योजना पनि रहेको छ, जसले ग्राहक अनुभवलाई अझ समृद्ध बनाउनेछ।”
जगदम्बा मोटर्सले सम्पूर्ण ग्राहक तथा दुई पाङ्ग्रे सवारीप्रेमीहरूलाई चैत १६ अघि भृकुटीमण्डप, काठमाडौंमा आयोजना भइरहेको टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभलमा उपस्थित भई विशेष अफरहरू, एक्सचेन्ज सुविधा तथा रोचक गतिविधिहरूको लाभ लिन आमन्त्रण गरेको छ।
जगदम्बा मोटर्स, शंकर समूह अन्तर्गत, नेपालमा टिभिएसको आधिकारिक वितरक हो। टिभिएस नेपाल नेपाली अटोमोबाइल बजारको एक प्रमुख ब्रान्ड हो, जसले आइस र इभी मोडलहरू सहित विभिन्न सेग्मेन्टमा दुई पाङ्ग्रे सवारीहरू प्रदान गर्दै नेपाली उपभोक्ताहरूको बदलिँदो गतिशीलता आवश्यकताहरू पूरा गर्दै आएको छ।






Comments are closed.