जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा यही जेठ २८ गते बस्ने भएको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले जेठ २८ गतेका लागि साधारण सभा बैठक डाक्ने निर्णय गरेको हो ।

संस्थाको तेश्रो वार्षिक साधारण सभा जेठ २८ गते शनिबार बुटवलको रूपन्देहीमा बस्ने भएको हो । संस्थाले आर्थिक वर्षको २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । त्यसैले, संस्थाका सेयरधनीहरूको हात खाली हुनेछ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २८ गतेसम्म संस्थाको सेयर दाखिला खारेजी बन्द गर्ने निर्णय भएको जानकारी गराएको छ ।

jutta mela

You might also like

Comments are closed.