काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्जर हुने भएका छन् । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले चैत्र ९ गते साधारण सभा आह्वान गरेका छन् ।
जाल्पा सामुदायिकले दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा र किसान लघुवित्तले ताज प्यालेस काठमाडौंमा साधारणसभा बोलाएका हुन् ।
मर्जर लागि दुवै कम्पनीबीच सहमति भइसकेको छ । जाल्पाको १ कित्ता सेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा मर्जर हुनेछ । मर्जर पश्चात अध्यक्ष जाल्पाको तर्फबाट हुनेछन् भने सिइओ किसानको तर्फबाट बन्नेछन् ।
Comments are closed.