जाल्पा लघुवित्त वित्तीय संस्था लि. कोे विशेष साधारण सभा सम्पन्न

पोखरा । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड पोखरा र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. दाङ बिच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गर्दै जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिको तर्फबाट गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पेश गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले दुबै संस्था गाभिएपछि राष्ट्रियस्तरको एक सवल, सक्षम र ग्राहकमैत्री लघुवित्त वित्तीय संस्था बनी गुणस्तरीय सेवा प्रदान गर्ने धारणा व्यक्त गरे ।

दुवै संस्था मर्ज गर्नको लागि बनेको संयुक्त मर्जर समितिका संयोजक विर बहादुर अधिकारीले मर्जर सम्बन्धी गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । सञ्चालक विश्व कुमार विजुक्छेले उपस्थित शेयरधनी तथा मर्जर कार्य सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेे सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे ।

दुबै सस्था गाभ्ने÷गाभिने सम्बन्धमा मिति २०७६ माघ १६ गते प्रारम्भिक समझादारीपत्र (MOU) मा दस्तखत सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट मिति २०७७ असार ५ गते सैद्धान्तीक सहमति प्राप्त भएको थियो । मर्ज पछि वित्तीय संस्थाको नाम सृजना सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड भई कार्यक्षेत्र राष्ट्रियस्तरको हुने, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा गरी ५५ वटा शाखा मार्फत ८० हजार ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्ने, संस्थाको बचत रू. २ अर्व र लगानीमा रहेको कर्जा ३ अर्व रुपैयाँ पुग्नेछ र संस्थामा ३५७ जना कर्मचारीहरु कार्यरत रहनेछन् ।

jutta mela

संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक मिन प्रसाद शर्मा भट्टराईले स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत एंव कम्पनी सचिव अशोक आचार्यले सञ्चालक गरेका थिए । सभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आचार्यले प्रष्ट पारेका थिए ।

 

You might also like

Comments are closed.