जाल्पा लघुवित्तद्वारा राहत सामग्री वितरण

पोखरा ।

जाल्पा लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई राहत वितरण गरेको छ । बन्दाबन्दीका कारण पेशा तथा व्यवसाय प्रभावित भई समस्यमा परेका ९४० जना अति विपन्न सदस्यहरुलाई संस्थाले राहत वितरण गरेको हो ।

ग्राहक संरक्षणकोषबाट खर्च हुने गरी रू ९ लाख ४० हजार बरावरको राहत सामाग्री वितरण गरेको संस्थाका चिफ म्यानेजर दिवस ढकालले जानकार दिए । राहत पाउने सदस्यहरुको छनौट सम्बन्धित केन्द्र र शाखा कार्यालयहरुको सिफारिसमा गरिएको थियो । स्थानिय निकायका पदाधिकारी, अनुगमन प्रमुख, शाखा प्रबन्धक एवं केन्द्र प्रमुखहरुको रोहवरमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

You might also like

Comments are closed.