नेपालमा जुत्ता तथा चप्पल उद्योग पछिल्ला वर्षहरूमा तीव्र गतिमा अगाडि बढिरहेको छ। यस क्षेत्रमा कच्चा पदार्थदेखि तयार उत्पादनसम्मको आपूर्ति श्रृंखला सुदृढ बनाउन योगदान पुर्याउँदै आएको संस्था हो जेबीडी ट्रेडिङ प्रालि। आर्थिक वर्ष २०७२–०७३ मा स्थापना भएको यस कम्पनीले जुत्ता, चप्पल तथा तिनका लागि आवश्यक सोल, फाइबर, रेग्जिन र सिलास्टिकजस्ता कच्चा पदार्थको थोक कारोबार गर्दै आएको छ। कम्पनीले विशेष रूपमा ‘टिबीएल’ ब्रान्डका जुत्तामा काम गर्दै आएको छ भने युरोपियन मापदण्डमा बनेको ‘युरो’ ब्रान्डको पिओर सोल बजारमा निकै लोकप्रिय छ। भैरहवामा रहेको ‘एक्सन पोलिमर्स लिमिटेड’ सँग साझेदारीमा काम गर्दै आएको जेबीडी ट्रेडिङ प्रालिले हालै ‘पोलिथर’ सोल बजारमा ल्याएको छ, जुन नेपालमा मात्र नभई भारतमा समेत निर्यात भइरहेको छ। नेपालमा जुत्ता उद्योग आत्मनिर्भर हुँदै गएको सन्दर्भमा कम्पनीका अध्यक्ष जनकबहादुर धामीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
जेबीडी ट्रेडिङ प्रालि कहिले स्थापना भयो ?
जुत्ता, चप्पल र तिनको कच्चा पदार्थको व्यवसाय गर्ने उद्देश्यले आर्थिक वर्ष २०७२–०७३ मा जेबीडी ट्रेडिङ प्रालि स्थापना गरिएको हो । त्यसबेलादेखि हामीले निरन्तर रूपमा यो व्यवसाय सञ्चालन गरिरहेका छौँ ।
तपाईंको कम्पनीले के–कस्ता काम गर्छ ?
हाम्रो मुख्य काम जुत्ता, चप्पल र तिनका सोलको बजार व्यवस्थापन गर्नु हो । अहिले हामी जुत्ता, चप्पल र त्यसका लागि आवश्यक कच्चा पदार्थ, जस्तै सोल, फाइबर, रेग्जिन र सिलास्टिकको कारोबार गरिरहेका छौँ ।
तपाईंहरूको मुख्य ब्रान्ड के हो र यसको बजार कस्तो छ ?
हामीसँग खासमा यही एउटा ब्रान्ड भन्ने छैन । तर, हामीले मुख्य रूपमा ‘टिबीएल’ ब्रान्डका जुत्ताहरूमा काम गर्छौं । युरोपियन स्ट्यान्डर्डमा बनेको ‘युरो’ ब्रान्डको पिओर सोल हाम्रो अर्को मुख्य उत्पादन हो, जुन नेपालभर लोकप्रिय छ । हामीले थोक व्यापारमा विशेष ध्यान दिन्छौँ र देशभरका होलसेल व्यापारीहरूसँग काम गरिरहेका छौँ ।
डिलर प्रणाली कस्तो छ ?
हामीले सिधै होलसेलमा सामान उपलब्ध गराउँछौँ । यसले सामानको वितरण सहज बनाएको छ । हामीसँग अहिले धेरै ठाउँका थोक व्यापारीहरू जोडिएका छन् ।
तपाईंले कुनै संस्थासँग साझेदारी गरेर पनि काम गरिरहनुभएको छ ?
हो, हामीले विगत तीन वर्षदेखि भैरहवामा रहेको ‘एक्सन पोलिमर्स लिमिटेड’ सँग साझेदारी गरेर काम गरिरहेका छौँ । यसले युरो ब्राण्डको सोलको उत्पादन गर्छ ।
‘युरो’ ब्रान्डको सोलमा के–कस्ता विशेषता छन् ?
‘युरो’ ब्रान्डका सोलहरू युरोपियन मापदण्डअनुसार बनेकाले ती टिकाउ, भरपर्दो र उच्च गुणस्तरका छन् । खासगरी पार्टी सुजमा प्रयोग हुने पिउ (पियु) सोलहरूमा यसको माग निकै बढी छ । हालै हामीले पियु र रबर सोल मिसाएर नयाँ ‘पोलिथर’ सोल पनि बजारमा ल्याएका छौँ, जुन नेपालसहित भारतमा समेत निर्यात हुन्छ । भारतका ‘बाटा’, ‘मेट्रो’ जस्ता ठूला कम्पनीले पनि हाम्रो सोल आयात गर्छन् ।
नेपालमा जुत्ता व्यवसायको अवस्था कस्तो छ ?
अहिले नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर भइसकेको छ । यहाँ सयौँको संख्यामा जुत्ताचप्पल व्यवसाय सञ्चालनमा छन् । काठमाडौँ उपत्यकासहित पोखरा, नारायणगढ, बुटवल, नेपालगन्ज, सुर्खेत र इटहरी जस्ता सहरहरूमा यसको बजार राम्रो छ । हाम्रो उत्पादनको लगभग ७० प्रतिशत हिस्सा काठमाडौं उपत्यकामै खपत हुन्छ ।
अन्त्यमा, उपभोक्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
हामीले उत्पादन गर्ने सामानहरू उच्च गुणस्तरका, टिकाउ र भरपर्दो छन् । यदि ग्राहकहरूलाई गुणस्तरीय सोलको आवश्यकता छ भने ‘युरो’ ब्रान्डको सोल प्रयोग गर्न म आग्रह गर्छु । हामी सधैँ ग्राहकलाई उत्कृष्ट उत्पादन दिन प्रतिबद्ध छौँ ।
Comments are closed.