युवा नेता धामी बर्दियाबाट प्रदेश सांसदमा सिफारिस

बर्दिया । नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि तथा युवा नेता जनकबहादुर धामी प्रदेश सांसदमा सिफारिस भएका छन् । बर्दिया क्षेत्र नं. २ ‘ख’बाट प्रत्यक्षतर्फ प्रदेश सांसदमा काँग्रेसबाट धामी सिफारिस भएका हुन् ।

काँग्रेसको उद्योग व्यापार विभागका केन्द्रीय सदस्य धामी बिगत २०४८ सालदेखि काँग्रेसमा सक्रिय छन् । विद्यार्थी राजनीतिबाट काँग्रेसमा सक्रिय भएका धामी राजनीतिसँगै व्यापार, व्यवसाय एवं सामाजिक काममा निरन्तर सक्रिय छन् । अनुशासन, इमान्दारिता र मेहनतलाई आत्मसाथ गर्दै व्यापार व्यवसायमा लागेका धामीले देशभर एक हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आइरहेका छन् ।

jutta mela

कोरोना महामारीको समयमा बर्दियाबाट काठमाडौं आएर काम गरिरहेका ११ सय भन्दा बढी मजदुर तथा श्रमजीवीलाई उनले कोठा कोठामा पुगेर खाद्यान्न सामग्री वितरण गरेका थिए । बिरामी भएका व्यक्तिहरु उपचार तथा गरिब एवं जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती लगायतका सहयोग उनले निरन्तर गर्दै आइरहेका छन् ।

धामी सामाजिक काममा सधैं अग्रपंक्तिमा खटिन्छन् ।

You might also like

Comments are closed.