हरपल फुड्सका अध्यक्ष धामी काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित

काठमाडौं । नेपालका चर्चित व्यवसायी जनक धामी नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभाग सदस्यमा मनोनयन भएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम धामीलाई विभागको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

समाजसेवी व्यक्तित्व धामी हरपल फुड्स प्रालिका अध्यक्ष हुन् । उनी अन्य सामाजिक तथा व्यावसायिक संघसंस्थामा आबद्ध छन् । सभापतिले विभागको केन्द्रीय सदस्यमा मनोनित गरेको खबर पाउँदा खुसी लागेको बताउँदै धामीले जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.