काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १५.७८९५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
लघुवित्तको २९ माघमा बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने छ ।
Comments are closed.