पोखरा । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ‘उद्योग वाणिज्य परिषद्’ सदस्यमा मनोनीत भएकी छन् ।
व्यापारिक तथा औद्योगिक क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै महासंघले उनलाई यो जिम्मेवारी प्रदान गरेको हो । उनको यस मनोनयनले लेखनाथ क्षेत्रका उद्योगी–व्यवसायीहरूको हकहित र एजेन्डालाई राष्ट्रिय स्तरमा थप सबल रूपमा उठाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।



Comments are closed.