टोकियो । जापानले ओसाका प्रिफेक्चरमा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ ।
विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई कोभिड–१९ संक्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बताए ।
हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टीनमा बसेपनि उनीसँग परिवारका अन्य सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्षणले उनलाई ओमिक्रोन भेरिएन्ट संक्रमण भएको पुष्टि गरेको छ ।
संक्रमित भएको आशङ्का गरिएका व्यक्तिमा ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन् । उनीहरूलाई ज्वरोलगायत हल्का लक्षणहरू देखा परेपछि शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो । ओसाका प्रिफेक्चर प्रशासनले विदेशबाट आएका संक्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ ।
स्वास्थ्य अधिकारीहरूले थप परीक्षणलाई अघि बढाएका छने भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरेका छन् । ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले कडा सीमा नियन्त्रण मार्फत जापानले ओमिक्रोन भेरिएन्टको प्रवेश रोक्ने प्रयास गरेको बताए । उनले नियन्त्रण प्रयासबीच उक्त घटना सम्भवतः जापानमा ओमिक्रोन संक्रमणको पहिलो घटना भएको बताए । योशिमुराले त्यहाँका बासिन्दाहरूलाई ‘ओमिक्रोन समुदायमा फैलिएको छ’ भन्ने आधारमा आफूलाई संक्रमणबाट जोगाउन कदम चाल्न आह्वान गरेका छन् ।
पश्चिमी क्षेत्रमा भएका घटनाहरूलाई सामुदायिक प्रसारणको रूपमा लिनुपर्छ र सरकारले आवश्यक सबै सावधानीहरू अपनाउने कुरा स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले सञ्चारकर्मीसँग बताए । गोटोले भने, “यतिबेला देशमा कोभिडको ओमिक्रोन संस्करण समुदायसम्म फैलिएको हुनसक्नेमा कुरामा अझै प्रशस्त आधारहरू नभेटिएको भएपनि सावधानी अपनाउनु राम्रो उपाय हुनेछ ।
प्रधानमन्त्री फुमिओ किशिदाले मंगलबार बताएअनुसार जापानले आगामी वर्षको जनवरीको शुरुमा ‘केही समयको लागि’ वर्तमान सीमा नियन्त्रण उपायहरू विस्तार गर्नेछ किनभने एसियाली देश कोभिडका परिवर्तीत संस्करण फैलिनसक्ने तनावको अनिश्चितताबीच सतर्क रहेको छ । रासस/सिन्ह्वा
Comments are closed.