काठमाडौं । जस्मिन पेन्टस्को आइपिओ आउने भएको छ ।
नेपाली पेन्ट्स बजारमा नेपाली लगानीमा स्थापित जस्मिन पेन्ट्सले सर्वसाधरणका लागि ५ लाख कित्ता सेयर निस्कासनको तयारी गरेको छ ।
५० करोड चुक्ता पूँजीको १० प्रतिशत हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता शेयर आइपिओ सर्बसाधारणको लागी जारी गर्ने निर्णय गरिएको जनाइएको छ । सेयर निस्कासनका लागि सानिमा क्यापिटल लिमिटेडसंग निस्कासन तथा बिक्री प्रबन्धकको सम्झौता भएको छ ।
जस्मिन पेन्ट्स लिमिटेडकातर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
Comments are closed.