काठमाडौं । जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा यही फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः सुरु गर्ने घोषणा गरेको छ ।
जजीरा एयरवेजले फागुन २५गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्नेछ । जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म रु २८ हजार ८ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।
नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले भने, “नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्दैछौ । यस प्रवर्द्धनले गौतम बुद्ध अन्तर्राष्ट्रि विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउछ भन्नेमा हामी विश्वस्त छौं ।”
यसको साथै, नेपालमा जजीरा एयरवेजको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पु¥याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति जजीरा एयरवेजले कृतज्ञता प्रकट गरेको छ ।
Comments are closed.