जुनियर सिटिजन्स एकेडेमीले मनायो ४३औं वार्षिकोत्सव

लेखनाथ । कास्कीको लेखनाथमा रहेको जुनियर सिटिजन्स एकेडेमीले ४३औं वार्षिकोत्सव मनाएको छ । एकेडेमीले शुक्रबार विशेष कार्यक्रमसहित वार्षिकोत्सव मनाएको प्रिन्सिपल सुन्दरप्रसाद ढकालले जानकारी दिए ।

गण्डकी विश्वविद्यालयका एकेडेमिक डिन डा. कपिल अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, शिक्षक सम्मान, सांस्कृतिक कार्यक्रम लगायत विविध गतिविधिसहित विद्यालयले वार्षिकोत्सव मनाइको छ । सो अवसरमा प्रिन्सिपल ढकालले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यालयमा १२ सय जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारी १ सय ५ जना आबद्ध रहेको ढकालले जानकारी दिए ।

विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन हुँदै आइरहेको छ ।

जुनियर सिटिजन्स एकेडेमी पोखरा क्षेत्रको उत्कृष्ट विद्यालय मध्येमा पर्न सफल छ । स्कुल आइएसओ र आइएसएबाट मान्यता प्राप्त छ ।
विद्यालयका डाइरेक्टर मुकुन्दप्रसाद वस्तीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल टीकाराज न्यौपानले गरेका थिए ।

त्यसैगरी वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसरमा मन्टेश्वरीको अक्षर शुभारम्भ कार्यक्रम समेत सम्पन्न भएको छ ।

You might also like

Comments are closed.