काठमाडौं । नेपाल जेसीजले वर्ष–२०२६ का लागि काठमाडौं जेसीजका अध्यक्ष–२०२५ जेसी श्याम कुमार घिमिरेलाई “Local Organization Twinning Committee, Chairperson” पदमा मनोनयन गरेको छ।
जनवरी २८, २०२६ मा जारी आधिकारिक पत्रमार्फत नेपाल जेसीजले घिमिरेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल जेसीज वर्ष–२०२६ का राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले हस्ताक्षर गरेको पत्रमा जेसीज अभियानलाई परिणाममुखी, प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ यो मनोनयन गरिएको उल्लेख छ ।
पत्रअनुसार “Aim, Act, Achieve” भन्ने मूल नारासहित अघि बढिरहेको नेपाल जेसीजले युवाहरूको नेतृत्व विकास, व्यक्तित्व विकास र उद्यमशीलताको प्रवर्द्धन गर्दै जिम्मेवार नागरिक निर्माणमा टेवा पुर्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप ‘Project Sankalpa’ अन्तर्गत “एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानलाई थप सशक्त बनाउन घिमिरेलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ ।
नेपाल जेसीजको विधानअनुसार प्रदान गरिएको यस जिम्मेवारीमार्फत संगठनलाई अझ उत्कृष्ट, उदाहरणीय र सफल वर्षका रूपमा स्थापित गर्न योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ ।
नेपाल जेसीजले घिमिरेको नेतृत्वदायी भूमिका, सक्रियता र संगठनप्रतिको प्रतिबद्धताले अभियानलाई थप उचाइमा पुर्याउने अपेक्षा गरेको जनाएको छ ।




Comments are closed.