जीवन विकास लघुवित्तद्वारा कोभिड सचेतना कार्यक्रम

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले कोभिड सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ब्रान्च म्यानेजर र जिल्ला प्रमुखलाई संस्थाले ‘टिओटी’ (प्रशिक्षक प्रशिक्षण तालिम) प्रदान गरेको हो ।

भदौ ८ र ९ गते भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले जानकारी दिए । तालिम लिएका ब्रान्च म्यानेजर र जिल्ला प्रमुखमार्फत फिल्ड कर्मचारीलाई र फिल्ड कर्मचारी मार्फत सेवाग्राहीसम्म कोभिड सचेतनाको तालिम दिइने उनले जानकारी दिए ।

‘कोभिडका सन्दर्भमा हामीले बुझ्न पर्ने धेरै कुराहरु छन्,’ मण्डलले भने, ‘विज्ञहरुबाट तालिम प्रदान गरिसकेपछि उहाँहरुले धेरै कुरा बुझ्नु भएको छ । सेवाग्राहीसम्म यो अभियान अब सञ्चालन हुन्छ ।’

You might also like

Comments are closed.