प्रविधिमैत्री बन्दै जीवन विकास लघुवित्त, एक टोल एक एटिएम अभियान

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले एक टोल एक एटिएम (अधिकृत टेलर सदस्य) अभियान सञ्चालन गरेको छ ।

सुन्दरहरैंचा १ पचाङमा एटिएम सेवा सुरु भएको छ । सेवाको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

संस्थालाई प्रविधिमैत्री बनाउने र सदस्यहरुलाई सहज र सरल ढंगबाट डिजिटल सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले यो अभियान सुरुवात गरिएको सिइओ मण्डलले बताए ।

jutta mela

कार्यक्रममा संस्थाका कर्मचारीहरु, स्थानीय व्यवसायी तथा सदस्यहरुको उपस्थिति थियो । सो अवसरमा व्यवसायी तथा संस्थाका सदस्यलाई क्युआर कोडसमेत वितरण गरिएको छ ।

You might also like

Comments are closed.