जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

लघुवित्तको शाखा कार्यालय बुधनगरको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम माघ २२ गते आइतबार सम्पन्न भएको हो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलको अध्यक्षतामा संचालनको भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथीमा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल रहेका थिए ।

jutta mela

त्यस्तै, उक्त कार्यक्रममा मुख्य अतिथीमा जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह रहेका थिए । आइतबार सम्पन्न उक्त कार्यक्रममा लघुवित्तका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी तथा केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

You might also like

Comments are closed.