जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजद्वारा  कोभिड १९ महामारीमा  २ करोड रुपैयाँ  सहयोग 

काठमाडौं । जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँ प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।

सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि सहयोग गरेको बताइएको छ ।

समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेकोले सहयोग गरेको  जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले बताए । उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैया सहयोग गर्दै आएका छन् । स्मरणीय रहोस् । शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि हन् ।

जावलाखेल गु्रप अफ ईण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठीन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्नेमा जोड दिए । कर्पोरेट सेक्टर पनि यहि समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हित संग निर्भर गर्दछ । यो समय सरकारले सिमित श्रोत र साधनबाट गरेको प्रयास प्रति हामीले सहयोग र समर्थन गर्नुपर्छ, उनले भने ।

अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाख सहयोग गरेको छ ।

२. नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप रु पचहत्तर लाख प्रदान गरिएको छ ।

क. नेपाल भेन्टिलेटर सर्भिसलाई ज्ष्नHigh-Flow Cannulas(non-invasive)  भेन्टिलेटर खरिद गर्न सहयोग ।

ख. विरगंज महानगरपालिका मार्फत विरगंज, पर्सामा अस्थायी कोभिड अस्पताल संचालनको लागि सहयोग ।

ग. ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद ।

घ. विराटनगर, मोरङमा अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगर युनिक लाई सहयोग ।

ङ. रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग ।

च. रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग ।

छ. लायन्स क्लब अफ बुटवल मार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग ।

ज. रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रुपन्देहीमा संचालित आईसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग ।

झ. भैरहवा चेम्बर अफ कर्मस मार्फत रुपन्देहीमा संचालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग ।

ञ. देश भरि आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको ।

 

lcci
You might also like

Comments are closed.