अध्यागमन विभागको महानिर्देशकमा सहसचिव झलकराम अधिकारी

काठमाडौँ । नेपाल सरकारका सहसचिव झलकराम अधिकारीले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी प्राप्त गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट केही समय अगाडि गृहमा सरुवा भएका अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भन्दा अगाडि अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरेका थिए ।

कुशल प्रशासकको छवि बनाएका अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा रहेर काम गरिसकेका छन् ।

You might also like

Comments are closed.