शंखमुल करिडोरमा झिर रेष्टुरेण्ट, नदि किनारको प्रकृतिसंग रम्दै सेकुवाको आनन्द लिन सकिने

काठमाडौं । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कने मनसायले शंखमुल करिडोरमा झिर रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रेष्टुरेण्ट भदौ २३ गतेदेखि संचालनमा अएको हो । नदि किनारको प्रकृतिसंग रम्दै सेकुवाको आनन्द लिन एक पल्ट जानै पर्ने गन्तव्य हो —झिर ।

वेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ बर्ष, साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ बर्षको अनुभव बटुलेका सञ्जिव तिमिल्सिनाले खोलेको रेष्टुरेण्टमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतीको अनुभव गर्न पाउनेछन् ।

झिरमा ग्राहकहरुले विशेष गरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परीकारहरुको मज्जा लिन सक्नेछन् , यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजि, प्रति केजिमा पनि उपलब्ध हुनेछ । साथै रेष्टुरेण्टमा पेय पदार्थहरु पनि एम.आर.पि मुल्यमा विक्रि गरीनेछ, सम्भवतः रेष्टुरेण्ट क्षेत्रमा पेय पदार्थहरु एम.आर.पि मुल्यमै पाइने यो पहिलो रेष्टुरेण्ट हुनेछ । खानाको प्रस्तुतीमा समेत ग्रहकहरुले विल्कुलै फरक पन पाउनेछन् ।

jutta mela

थोरै लगानी, स्तरीय पद्धती, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरले फ्रञ्चाइज मोडेलको पनि सम्भावना बोकेको सञ्चालक तिमिल्सिनाले जानकारी दिए । उध्यमी बन्न चाहने व्यक्तिका लागी झिर उपयुक्त माध्यम हुने तिमिल्सिनाको विश्वास छ ।

You might also like

Comments are closed.