काठमाडौं । विश्व कीर्तिमानी एवं चर्चित आरोही फुर्वा तेन्जिङ शेर्पाले पुनः सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहरणका क्रममा उनले जेके टायरको झण्डालाई विश्वको सर्वोच्च शिखरमा फहराएका थिए । आफ्नो हस्ताक्षरसहितको उक्त झन्डा शेर्पाले कम्पनीलाई हस्तान्तरण गरेका छन् ।
जेके टायरका लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा डिष्ट्रिव्युटर्स प्रालिका प्रवन्ध निर्देशक बिक्रम सिंघानियालाई शेर्पाले झण्डा हस्तान्तरण गरेका हुन् । ऐतिहासिक उपलब्धीमा जेके टायरको झण्डा फहराउन पाउँदा गौरव महसुस भएको शेर्पाले बताए ।
सगरमाथा शिखरमा फहराइएको उक्त झन्डा शेर्पाको अद्वितीय साहसको प्रतीक मानिएको छ । जेके टायरको उच्च प्रदर्शन र सहनशक्तिप्रतिको प्रतिबद्धताको प्रतीक पनि यो उपलब्धी बनेको सिंघानियाले बताए ।
Comments are closed.