जंगल सफारी लज सौराहले ल्यायो आकर्षक प्याकेज

 

चितवन । जंगल सफारी लज सौराह चितवनले आन्तरिक पर्यटकलाई लक्षित गरी आकर्षक प्याकेज ल्याएको छ । लजले २ रात ३ दिनको प्याकेजमा ल्याएको हो ।

छुटसहित प्रतिव्यक्ति ७ हजार ५ सय रुपैयाँको प्याकेज ल्याइएको कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए । प्याकेजमा एउटा लन्च, २ वटा डिनर, २ वटा ब्रेकफास्ट, जिप सफारी, डुङगामा सयर, दृश्यावलोकन लगायत समावेश गरिएको घिमिरेले आर्थिक आवाजलाई जानकारी दिए ।

jutta mela

लजमा सुधिवासम्पन्न ३५ वटा रुम छन् । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित छुटसहितको प्याकेज ल्याइएको घिमिरेले बताए ।

You might also like

Comments are closed.