जुरी युनिसेक्स पार्लरको नयाँ शाखा विस्तार

काठमाडौं । ठूलो खरिबोट नयाँबानेश्वरमा केन्द्रीय कार्यालय रहेको जुरी युनिसेक्स पार्लरको नयाँ शाखा काठमाडौं पुरानोबानेश्वरस्थित कात्यायनीचोकमा सञ्चालनमा आएको छ । शाखाको हालै औपचारिक सुरुवात भएकोे छ । पुरानो शाखामा जस्तै गरी नयाँ शाखामा पनि सम्पूर्ण सेवा उपलब्ध हुने जुरीले आर्थिक आवाजलाई जानकारी दिए ।

सञ्चालक जुरी ठाकुरसँग यो व्यवसायमा लागेको २ दशक भन्दा बढीको अनुभव छ । नेपालमा नाम चलेका चर्चित सेलिब्रेटी र सर्वसाधरणको रोजाईमा पर्छ जुरि युनिसेक्स पार्लर । पार्लरले उत्कृष्ट सेवा सुविधा प्रदान गर्दै आएको यसका सञ्जालक जुरी बताउँछन् । शुलभ शुल्कमा सेवा दिनु यो पार्लरको विशेषता हो । पुरुष तथा महिला दुवैको कपाल काट्नेदेखि लिएर फेसियल, कलर लगायत हेयर डिजाइन तथा मेकअपसँग सम्बन्धित सम्पूर्ण सेवा पार्लरमा उपलब्ध रहेको जुरीले बताए ।

जुरी ठाकुरको पार्लरमा सेवा लिनेहरुको प्राय सधैं भिड लाग्ने गर्छ । ‘कलाकारदेखि सर्वसाधरणसम्मलाई एकै ठाउँमा सेवा दिन पाउँदा खुसी लाग्छ,’ उनी भन्छन्, ‘हामीले पारिवारिक वातावरणमा सौन्दर्य सेवा उपलब्ध गराउँदै आइरहेका छौं ।’ यस अगाडि पार्लरमा १२ जना कर्मचारी कार्यरत रहेकोमा शाखा थपिएसँगै रोजगारी पाउनेको संख्या १६ पुगेको जुरीले जानकारी दिए ।

jutta mela

यो व्यवसायमा लाग्ने क्रममा कुनै समय जुरी ठाकुरले धेरै संघर्ष पनि गर्नुपर्यो । ‘त्यो दिनको दुःख र संघर्षलाई अहिले प्राप्त भएको सफलताले भने बिर्साइदिएको छ,’ जुरी भन्छन् । ‘म मेरो व्यवसायमा निकै खुसी छु,’ उनले भने, ‘आफूले जानेको ज्ञानबाट धेरैलाई सेवा दिने अवसर मिलेको छ ।’

जुरीले धेरैलाई पार्लर सम्बन्धी काम सिकाएका समेत छन् । हालसम्म हजार भन्दा बढीलाई काम सिकाइसकेका उनले जानकारी दिए । ‘काम सिकेका मध्ये धेरै जना विदेशमा रोजगारीमा छन् भने केहीले नेपालमै स्वरोजगार भएर पनि जीविकोपार्जन गरिरहेका छन्,’ उनले भने, ‘यो व्यवसायमा प्राप्त भएको सफलताको सम्पूर्ण श्रेय मेरा सेवाग्राहीमा जान्छ ।’

जुरी पार्लरको नयाँ शाखा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको उनले बताए । आगामी दिनमा सेवालाई अझै विस्तार गर्ने योजनामा आफू रहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.