जुत्ता चप्पल मेलामा ग्राहकको आकर्षण, आकर्षक छुटले ग्राहक लाभान्वित

काठमाडौं । बागबजारकी सरिता ढुंगानाले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा शनिबार २ जोर जुत्ता र ३ जोर चप्पल खरिद गरिन् । अघिल्लो वर्ष किनेको जुत्ताचप्पल अहिलेसम्म पनि खपेको र मूल्य सस्तो पर्ने भएकाले परिवारको लागि आवश्यक जुत्ता चप्पल किन्न जहिले पनि भृकुटी मण्डप मेलामा आउने गरेको उनले सुनाइन् ।

कलंकीबाट जुत्ता चप्पल मेला अवलोकन गर्न आएका विश्व ढुंगानाले पनि आफ्ना लागि २ जोर जुत्ता र छोराछोरीका लागि एकएक जोर चप्पल खरिद गरे । ‘बाहिर बजारको तुलनामा सस्तो मूल्यमा जुत्ता चप्पल खरिद गर्ने अवसर मिल्ने रहेछ,’ उनले भने, ‘हेर्दा आकर्षक देखिएको जुत्ता चप्पल लामो समयसम्म टिक्छ भन्नेमा म विश्वस्त छु ।’ मेलामा जुत्ता चप्पलका चर्चित ब्राण्डहरुको सहभागिता छ ।

मेलामा जुत्ता चप्पल खरिदमा ग्राहकले भारी छट प्राप्त गर्ने आयोजक गंगा श्रेष्ठले जानकारी दिए । ‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट प्रदान गरेका छौं,’ उनले भने, ‘सस्तो मूल्यमा आकर्षक र बलियो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले मेला धेरैको रोजाईमा पर्ने गरेको छ ।’ ग्राहकको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै समय समयमा मेला आयोजना भइरहेको उनको भनाइ छ ।

मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ । एक पटक मेलामा आएर जुत्ता चप्पल खरिद गरेका ग्राहकहरु पुनः आवश्यकता परेको समयमा मेलामा नै आउने गरेको आयोजक सबिन कार्की बताउँछन् । ‘हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ,’ उनले भने ।

lcci
You might also like

Comments are closed.