काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आयोजित फुटवयर बिजेनस एक्स्पोमा क्यास ब्याक अफर योजना ल्याइएको छ । उपभोक्ताको हितलाई ध्यानमा राख्दै यस्तो अफर ल्याइएको आयोजकको भनाइ छ । यो अफरबाट धेरै उपभोक्ता लाभान्वित हुने आयोजकको विश्वास छ ।
मेलामा जुत्ता चप्पल खरिद गर्दा जम्मा बिल रकमको २ प्रतिशत क्यास ब्याक तत्काल फिर्ता गराइने व्यवस्था गरिएको आयोजक जीवनकुमार श्रेष्ठले जानकारी दिए । मेलामा १० वटा कम्पनीका ३० वटा ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । ‘मेलामा १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेकाले ग्राहकले आफ्नो आवश्यकता र रुची अनुसारको जुत्ता चप्पल खरिद गर्न सक्छन्,’ उनले भने ।
मेलामा २ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जुत्ता चप्पल उपलब्ध रहेको बताइएको छ । हालसालै बजारमा आएका आधुनिक मोडलका जुत्ता चप्पल पनि मेलामा राखिएका छन् ।
‘सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङको लागि भृकुटी मण्डप मेला उपयुक्त स्थल बनेको छ,’ उनले भने, ‘बजारमा चलेको मूल्य भन्दा सस्तोमा यहाँ जुत्ता चप्पल बिक्री भइरहेकाले पनि उपभोक्ताहरु आकर्षित भएको हामीले पाएका छौं ।’
Comments are closed.