भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेला ६० प्रतिशतसम्म छुट

काठमाडौं । स्वदेशी जुत्ता चप्पल उत्पादकहरुको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जारी छ । १५ देखि ६० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी मेला आयोजना भएकाले ग्राहकको आकर्षण लेखिएको आयोजकको भनाइ छ ।

मेलामा दर्जन भन्दा बढी कम्पनी जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको छ । ‘मेलामा नयाँ नयाँ मोडलका जुत्ता चप्पल पनि राखिएको छ,’ आयोजक सबिन कार्कीले जानकारी दिए । उनका अनुसार मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै ६ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।

महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध छन् । एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।

एउटै छानामुनी धेरै कम्पनीका जुत्ता चप्पल सस्तो मूल्यमा उपलब्ध हुँदा ग्राहकहरु लाभान्वित हुने आयोजकको विश्वास छ । ‘ग्राहकको आग्रह अनुसार नै हामीले मेलालाई निरन्तरता दिएका छौं,’ अर्का आयोजक गंगा श्रेष्ठले बताए ।

You might also like

Comments are closed.