चाबहिलमा दशैं जुत्ता चप्पल व्यापार मेला सुरु, ५० प्रतिशतसम्म छुट उपलब्ध

काठमाडौं । विशेष छुटको अफरसहित चाबहिलमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । दसैंको अवसरमा स्वदेशी कम्पनीहरुको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।

चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्ह्यामुको सालिक पछाडिको हायत हाई ग्राउन्डमा सञ्चालित मेला दशैंको फुलपातीसम्म चल्ने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

मेलाका अवसरमा ग्राहकले एउटै छानामुनि शिखर शू, रन शू, हाइलाइफ, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वर्ल्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, बेली सुज, डिजे कलेक्सन, हिमानी कलेक्सन गरी १४ कम्पनीको सहभागिता छ । १४ कम्पनीका ५० भन्दा धेरै ब्रान्डहरुका ८ हजार भन्दा बढी डिजाइनका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिने गिरीले जानकारी दिए ।

कम्पनीहरुले हालै उत्पादन गरेका नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल पनि मेलामा राखिने बताइएको छ । १५० रुपैयाँदेखि ९ हजार रुपैयाँसम्मका लेडिज, जेन्स तथा बच्चाका जुत्ता चप्पलहरु सपिङ गर्न सकिनेछ । जहाँ १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । विशेष छुटका कारण ग्राहकहरु लाभान्वित हुने आयोजकको विश्वास छ ।

नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरी आयोजित मेलामा बच्चा, युवा, वृद्ध लगायत सबैका लागि लक्षित जुत्ता चप्पल सपिङ गरी लाभ लिन आयोजकले आग्रह गरेका छन् ।

You might also like

Comments are closed.