जाडो मौषम तथा लगनको सिजनलाई लक्षित गरी भृकुटी मण्डपमा जुत्ता मेला

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा जुत्ता चप्पल मेला सुरु भएको छ । स्वदेशी ११ वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सुरु भएको हो । मेलामा जुत्ता चप्पल खरिद गर्दा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने आयोजकको भनाइ छ ।

चाडो मौषम तथा लगनको सिजनलाई लक्षित गरी मेला आयोजना गरिएको बताइएको छ । जुत्ता चप्पल खरिदमा आम उपभोक्ता तथा ग्राहकलाई सहज होस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । ‘सस्तो मूल्यमा आकर्षक र बलियो जुत्ता चप्पल ग्राहकले आफ्नो बजेट र रोजाई अनुसार खरिद गर्न सक्ने वातावरण हामीले बताएका छौं,’ उनले भने, ‘आम उपभोक्ताहरु यो मेलाबाट लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।‘

मेलाका एउटै छानामुनि शिखर शू, रन शू, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वर्ल्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, हिमानी कलेक्सन गरी ११ कम्पनीको सहभागिता छ । ११ कम्पनीका ३० भन्दा धेरै ब्रान्डका करिब ८ हजार डिजाइनका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको कार्कीले जानकारी दिए ।

हालै उत्पादन गरेका नयाँ डिजाइनका जुत्ता चप्पल पनि मेलामा लन्च गरिएको कम्पनीहरुले जनाएका छन् । लेडिज, जेन्स तथा बच्चाका जुत्ता चप्पलहरु सपिङ गर्नका लागि मेला उपयुक्त गन्तव्य बन्ने आयोजकको विश्वास छ ।

lcci
You might also like

Comments are closed.