चाबहिलमा जुत्ता चप्पल व्यापार मेला जारी, छुटले ग्राहकहरु लाभान्वित

काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्ह्यामुको सालिक पछाडिको हायत हाई ग्राउन्डमा आयोजित जुत्ता चप्पल मेला जारी छ । स्वदेशी १४ वटा कम्पनीद्वारा संयुक्त आयोजित मेलामा ८ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा एउटै छानामुनि शिखर शू, रन शू, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वर्ल्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, बेली, हाइलाइफ र डिजे कलेक्सनका जुत्ता चप्पल राखिएका छन् । जाडो सिजनलाई लक्षित गरी भर्खरै बजारमा आएका न्यानो जुत्ता चप्पलहरु पनि उपलब्ध रहेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

१५० रुपैयाँदेखि ९ हजार रुपैयाँसम्मका लेडिज, जेन्स तथा बच्चाका जुत्ता चप्पलहरु मेलामा सपिङ गर्न सकिन्छ । जहाँ ५० प्रतिशतसम्मको छुट उपलब्ध रहेको गिरीले जानकारी दिए। विशेष छुटका कारण ग्राहकहरु लाभान्वित भइरहनुभएको छ,’ उनले भने, ‘सस्तो मूल्यमा आकर्षक र बलियो जुत्ता चप्पल ग्राहकले आफ्नो बजेट र रोजाई अनुसार खरिद गर्न सक्ने वातावरण हामीले बताएका छौं । आम उपभोक्ताहरु यो मेलाबाट लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’

lcci
You might also like

Comments are closed.