काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा जुत्ता चप्पल खरिद गर्नेहरुको भिड लागेको छ ।
आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ ।
५० प्रतिशतसम्म छुटसहित वारेन्टीको समेत व्यवस्था गरिएपनि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक गंगा श्रेष्ठले जानकारी दिए । ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिलेको छ,’ उनले भने ।
मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।
Comments are closed.