जुत्ता चप्पल मेलामा केपी, गगनदेखि दुर्गासम्म, अवलोकनकर्ताको बढ्यो आकर्षण

काठमाडौंको । काठमाडौंको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ । मेलामा सर्वसाधरण ग्राहकदेखि पूर्व प्रधानमन्त्रीसम्मले अवलोकन गरेका छन् । केही दिन अगाडि मेलामा स्थलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । सोही दिन नेपाली काँग्रेसका महामन्त्री गगन थापा पनि मेला स्थलमा पुगेर अवलोकन गरे ।

यसैक्रममा मंगलबार मेलाको अवलोकन गर्न व्यवसायी दुर्गा प्रसाईं पुगेका छन् । उनीहरुले मेलामा रहेका सबै स्टलहरुको चासोका साथ अवलोकन गरेका थिए ।

मेलामा दिनप्रतिदिन सर्वसाधरण जनता तथा ग्राहकहरुको पनि उपस्थिति बढिरहेको आयोजकको भनाइ छ ।

jutta mela

मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

विशेष छुटसहित सस्तो मूल्यमा जुत्ता चप्पल खरिदको अवसर मिलेसँगै मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको आकर्षण देखिएको आयोजकको भनाइ छ । १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बिक्री भइरहेको आयोजक सबिन कार्कीले जानकारी दिए । ‘आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘आगामी दिनमा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’

me

छुटसँगै वारेन्टीको समेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक गंगा श्रेष्ठ बताउँछन् । ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिलेको छ,’ उनले भने ।

You might also like

Comments are closed.