के एल दुगड समूहद्वारा कोरोना संक्रमित र कुरुवाका लागि खाद्यान्य सहयोग

काठमाडौं । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्य के एल दुगड गु्रपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानिय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड गु्रपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन् । प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको कार्यक्रम को शुभारम्भ मा अशोक कोइरालाले जानकारी दिए । ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ कोईरालाले भने ।

सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ । कार्यक्रम मा २ महिना लाई आबस्यक पर्ने खाध्यान्न के एल दुगड समुहले सहयोग गरेको छ भने अन्य आबस्यक सामाग्री नेपालगन्जस्थित अन्य उद्योगी व्यवसायीहरुले सहयोग गरेका छन् ।

संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराईएको के एल दुगड गु्रपका प्रबन्धक प्रदिप छाजेडले बताए । ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानिय समाजसेवी तथा नेता साथीहरुले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं ।’ छाजेडले भने ।
बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

You might also like

Comments are closed.