‘प्रभावकारी र विश्वसनीय सेवाले सलिको स्थापित छ’

कविराज पौडेल, नेशनल कोअर्डिनेटर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)

व्यक्तिगत, सामाजिक, व्यावसायिक हिसाबले तथा गुणस्तरीय जीवन जिउन, सम्पत्तिको सुरक्षा, परिचालन र व्यवस्थापनका लागि बीमा अत्यावश्यक भइसकेको छ । नेपालमा चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको पहुँच ४४ दशमलव ५५ प्रतिशत पुगेको छ । त्यस्तै बीमा दावी भुक्तानीमा सुधार भई चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमातर्फ करीब रू. १८ अर्ब २४ करोडबीमा दावी भुक्तानी समेत भएको तथ्यांक छ । अहिले मुलुकभर १५ निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका छन् । पछिल्लो समय निर्जीवन बीमामा आम नागरिकको आकर्षण बढ्दै गएको छ । निर्जीवन बीमाप्रतिको बुझाइ पनि परिवर्तन हुँदै गएको छ । निर्जीवन बीमा कम्पनी मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) पनि एक हो । जुन निर्जीवन बीमाको क्षेत्रमा स्थापित बनेको छ । सलिकोले निर्जीवन बीमामा स्थापित हुन कसरी काम गर्दै आएको छ ? निर्जीवन बीमाको बजारको अवस्था कस्तो छ ? लगायतका विषयमा हामीले सलिकोका नेशनल कोअर्डिनेटर कविराज पौडेलसँग कुराकानी गरेका छौं :

बीमा क्षेत्रमा स्थापित दुईओटा कम्पनी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएपश्चात् सगरमाथा लुम्बिनी (सलिको) अझै ठूलो भएको छ । कम्पनीले कसरी सेवा प्रदान गरिरहेको छ ?

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड २७ वर्ष अगाडि र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड १५ वर्ष अगाडि स्थापित भई कारोबार गर्दै आइरहेको थियो । यी २ कम्पनीहरू एकआपसमा गाभिएर २०७९ फागुन २९ गतेबाट सगरमाथा लुम्बिनी (सलिको) कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्दै आएको हो । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी २६२ दशमलव २ करोड रुपैयाँ भएको छ । देशभर कम्पनीका ११७ शाखामार्फत आफ्नो गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीको पोलिसी होल्डरको संख्या करिब साढे चार लाख छ । कम्पनीको आफ्ना करिब ७०० जना दक्ष जनशक्ति कर्मचारीमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सम्पत्ति, मोटर, ट्रान्जिट, इञ्जिनीयरिङ, कृषि, लघु तथा विविध इनोभेटिभ प्रडक्टमार्फत विभिन्न प्रकारका सेवा प्रदान गर्दै आएको छ । भविश्यमा अझ बढी प्रभावकारी तवरबाट बीमा व्यवसाय विस्तार तथा विश्वसनीय सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रसस्त योजना कम्पनीसँग छन् ।

jutta mela

बजारमा धेरै बीमा कम्पनी छन् । निर्जीवन बीमाका लागि सलिको नै किन रोज्ने ?

हो, तपाईंले भने जस्तै बजारमा धेरै बीमा कम्पनी छन् । बीमा प्राधिकरणको मर्जरसम्बन्धी नीतिले १९ ओटा निर्जीवन कम्पनी हाल मर्जरपश्चात कम्पनीको संख्या घट्दै १५ ओटामा सीमित भएकाछन् । जसबाट अझ बीमा कम्पनीको संख्या घट्ने अवस्था छ । सबै निर्जीवन बीमा कम्पनीले आ–आफ्नो प्रडक्टमार्फत बजारमा बीमा सेवा प्रदान गरिनै रहेकाछन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि आफ्ना सेवाहरू ग्राहकमाझ विभिन्न इनोभेटिभ प्रडक्टमार्फत सेवा प्रदान गरिरहेको छ । जस्तो भूकम्पको समयमा सबैभन्दा धेरै संख्याको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको थियो भने सबैभन्दा छिटो दावी भुक्तानीमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी थियो, जुन एकआपसमा मर्ज भएका छन् । सलिको नै किन रोज्ने त भन्ने सन्दर्भमा हाम्रो बलियो पक्ष भनेको हामीसँग तत्काल दावी भुक्तानी व्यवस्था, झन्झटमुक्त दावी प्रक्रिया, आर्थिकभारबाट तत्काल राहात, छिटो र भरपर्दो सेवा, २४ सै घण्टा ग्राहक लक्षित सेवा, दक्ष व्यवस्थापन तथा जनशक्तिहाम्रा विशेषता हुन् जसबाट ग्राहक लक्षित सेवा प्रदान गरिरहेका छौं ।

सलिकोमा नेशनल कोअर्डिनेटर भएर काम गरिरहनुभएको छ । देशभर सलिकोप्रति सेवाग्राहीको आकर्षण कस्तो छ ?

हामी देशभर ११७ शाखा सञ्चालन भएको तथा उच्च मनोबल साथ काम गर्ने कर्मचारी मार्फत छिटो छरितो दाबी भुक्तानी गर्ने ग्राहकहरुको आवश्यकता र चाहना अनुसारको सेवा प्रदान गरिरहेकोले ग्राहकको मन जित्दै अगाडि बढिरहेका छौं । आम नागरिक हाम्रो सेवाबाट सन्तुष्ट हुनुहुन्छ ।

आवश्यकताको भन्दा पनि बाध्यताले मात्रै बीमा गर्ने प्रचलन छ । यसमा सुधार ल्याउन के गर्नुपर्छ जस्तो लाग्छ ?

विश्व बजारमा जस्तो नेपालमा बीमासम्बन्धी विकास हुन अझ केही बाँकी छ । भइसकेको छैन । तर, नेपालमा पनि हिजोको तुलनामा यसको महत्व तथा यसको दायरा बढ्दै गइरहेको छ । बीमाको दायरा बढाउन बीमा कम्पनी प्रयासरत छन् नै । तथापि यसलाई सरकार, नियामक निकाय, सर्वसाधारण, सम्बन्धित सरोकारवाला तथा मिडियाकर्मी सबैको साथ सहयोग आवश्यक छ । बीमासम्बन्धी दायरा बढाउन बीमा प्रति सर्वसाधारणलाई जनचेतना जगाउन बीमा सम्बन्धी नियमित कार्यक्रम गर्ने, बीमाले भविष्यमा आइपर्ने क्षतीलाई आर्थिक हिसाबबाट आइपर्ने नोक्सानी कम गर्दछ भन्ने जानकारी गराउने, बीमा साक्षरताका सम्बन्धमास्कुल तहमा पाठयक्रमको व्यवस्था गर्ने, सरकारी तवरबाट तेस्रोपक्ष बीमा अनिवार्य प्रभावकारी लागू गर्ने, कृषि बीमालाई थप प्रभावकारी बनाउने, सेवा प्रदान गर्दा दाबी भुक्तानी लाई छिटो छरितो गर्ने, साच्चै नै ग्राहकलाई महसुश गर्न सक्ने खालको सेवा प्रदान गर्न सकेमा तथा सरकारका एवं निजी क्षेत्रकासँग समन्वयबाट यसको क्षेत्र विस्तार गर्न सकिन्छ । अझै सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई बीमा कम्पनीमार्फत सेवा प्रदान गर्न सकेमा बीमा दायरा अझै विस्तार गरी बीमालाई बाध्यता नभई यो आवश्यकता हो भन्ने कुरा सर्वसाधारणमा जनचेतना बढाउन सकिन्छ ।

निर्जीवन बीमाको सबैभन्दा ठूलो हिस्सा अटो बजारले ओगटेको छ । अन्य क्षेत्रमा बजार विस्तार हुन नसक्नुको कारण के हुन सक्छ ?

नेपालको बीमा सन्दर्भमा बीमा भन्नाले साधारण जनमानसमा सम्पत्ति र मोटर बीमा भनेर बुझिन्छ । मोटर बीमाले करिब ५० प्रतिशत हिस्सा ओगटेको छ । व्यक्तिको सामाजिक सुरक्षाको लागि बीमाका प्रडक्टसँग सम्बन्धन गरिएमा बीमाको दायरा बढ्ने तथा सरकार, नियमनकारी निकाय र बीमासँग सम्बन्धित निकायको सामूहिक प्रयास भएमा बीमाको अन्य क्षेत्रको समेत हिस्सा बढ्ने देखिन्छ ।

बीमा नगर्दाको घाटा र बीमा गर्दाको फाइदा के के हुन सक्छन्?

स्वभाविक हिसाबले बीमा नगर्दा भविष्यमा आइपर्ने विपतबाट हुने क्षतीले व्यक्तिको जिउधन तथा सम्पत्तिको तथा नोक्सान हुन्छ । तर, यसलाई बीमाको माध्यमबाट आफ्नो व्यवसाय, सम्पत्ति, सवारी, परिवारको आदिको बीमा गरी आर्थिक सुरक्षाको सुनिश्चतता, जोखिम न्यूनीकरण हुने, दायित्व हस्तान्तरण, व्यापारलाई निरन्तरता दिन सहयोग पुग्ने हुँदा बीमाको अति नै महत्व छ । यसको प्रमुख आकर्षण भनेको नै जोखिमको हस्तान्तरण हो ।

राज्यले निर्जीवन बीमाको प्रवद्र्धनका लागि गरेका प्रयास कति प्रभावकारी छन् ?

बीमा क्षेत्रको विकास र विस्तारका लागि भन्दै सरकारले सबै सार्वजनिक र सरकारी भवनको बीमा, कृषि बीमा, लघु बीमा गर्ने नीति हरेक वर्षको बजेटमा समेट्नुका साथै अनुदान दिने भन्दै आएकोमा सोको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जस्तो उदाहरणको रूपमा कोरोना बीमाको दाबी भुक्तानी तथा सरकारबाट बीमा कम्पनीले पाउनुपर्ने कृषि र लघु बीमामा दिने भनेको अनुदान पाउन नसक्नु जस्ता कारणले नागरिकलाई बीमाप्रति लोकप्रियता जगाउन असजिलो भएको छ । यस्ता कुरालाई सहजीकरणका लागि सरकारको नीति तथा कार्यक्रम, बजेटमा प्राथमिकताका साथ समावेश गर्न जरूरी छ ।

You might also like

Comments are closed.