लक्ष्मी इमोबिलिटीले नेपाल भित्र्याएको इभी ‘काइ’को बुकिङ खुल्ला, मूल्य कति ?

काठमाडौं । अटोमोबाइल क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटी प्रा.लि.ले प्रशिद्ध विद्युतीय सवारी ब्राण्ड ‘काइ’लाई नेपाली बजारमा भित्र्याएको छ । प्रालिले नेपाली बजारमा भित्र्याएको ‘काइ एक्स थ्रि प्रो इभी’को बुकिङ¬समेत खुल्ला गरेको छ ।

चेरीको सबब्राण्ड ‘काइ एक्स ३ प्रो’ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध भएका छन् । लक्ष्मी इमोबिलिटीले काई गाडी नेपाली बजारमा भित्र्याएसँगै मूल्यसमेत सार्वजनिक गरेको छ । डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ र फ्यागसिप भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । यो मूल्य सीमित अवधिका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । यसले एनइडिसी साइकल अनुसार ४०१ किमीको रेन्ज प्रदान गर्दछ । घरको एसी चार्जबाट ५ देखि ७ घन्टामा ब्याट्री फुल चार्ज गर्न सकिन्छ भने डिसी फास्ट चार्जरबाट ३० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन छ ।

वातावरण मैत्री इलेक्ट्रक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट छ ।

चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनि उत्कृष्ट छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी छ ।
ग्राहकले काई एक्स् थ्री प्रो को विस्तृत जानकारी लिन ९८०१२०१५०८ मा सम्पर्क गर्न सक्नेछन । साथै टेस्ट ड्राइभ गर्न भाटभटेनी स्थित शोरुममा जान सक्ने छन् ।

लक्ष्मी इमोबिलिटीले नेपाली बजारमा भित्र्याएको काइका लागि देशभरका मुख्य शहरमा डिलर नियुक्त गरिने भएको छ । कम्पनीले छिट्टै डिलर आह्वान गर्ने जनाएको छ ।

गाडी उत्पादन काई अटो अटोमोबाइल क्षेत्रमा प्रशिद्ध कम्पनी हो । इविन काई अटोमोबाइल कम्पनी लिमिटेडलाई पहिलो कोइन अटो भनेर चिनिन्थ्यो । यो चेरी अटोमोबाइलको सहायक कम्पनी हो ।

lcci
You might also like

Comments are closed.