नाडा अटो शोमा ‘केई इभी’का गाडीमा अवलोकनकर्ताको आकर्षण

काठमाडौं । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटीले नाडा अटो शो २०२४ मा प्रदर्शनीमा राखेका विद्युतीय गाडीमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । कम्पनीले अटो शोको पहिलो दिन आफ्नो स्टलबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत आफ्ना ३ वटा मोडल सार्वजनिक गरेको थियो । ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी सार्वजनिक भएका हुन् । तीन वटै मोडलप्रति अवलोकतकर्ताले चासो व्यक्त गरेका छन् । बुकिङसमेत उत्साहजनक रहेको बताइएको छ । नेपाली अटोमोबाइल क्षेत्रमा स्थापित तथा अग्रणी समूहले केई गाडीलाई नेपालमा उपलब्ध गराएकाले पनि यो गाडीप्रति धेरैको आकर्षण बढेको विश्वास गर्न सकिन्छ ।

ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किलोमिटर भेरिएन्टको मूल्य २२ लाख ९६ हजार छ । ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

ई–क्युट ०४ ३०० कि.मी रेन्जको मूल्य २४ लाख ९६ हजार छ । ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

एक्स३ प्रो ईभी डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर छ । यसको अधिकतम टर्क २८० एनएम छ । नाडा अटो शो स्पेसल अफर अन्तर्गत केई गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जर, १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरुले ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.