केई एक्सचेन्ज कार्निभल थापाथलीमा: पुरानो गाडीमा उत्कृष्ट मूल्यांकन, ६.०५ लाखसम्मको लाभ!

काठमाडौं । केई नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम “केई एक्सचेन्ज कार्निभल २०८१” को घोषणा गरेको छ। आफ्ना इलेक्ट्रिक गाडीहरू – ई-क्युट ०२, ई-क्युट ०४, र एक्स३ प्रो ईभीमा अविश्वसनीय अफरहरू सहितको यो मेगा एक्सचेन्ज कार्यक्रम यही मे ९ देखि ११ (अर्थात् २०८१ वैशाख २६ देखि २८ गते) सम्म थापाथलीस्थित केई शोरुम छेउ (हुण्डाई शोरुम अगाडि) आयोजना हुँदैछ।

कार्यक्रमका मुख्य आकर्षणहरू:

उत्कृष्ट मूल्यांकन र तत्काल लाभ: ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत आफ्नो पुरानो गाडीको (जुनसुकै ब्राण्डको भएपनि) तत्काल उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन्। साथै, हरेक मूल्यांकनमा आकर्षक नगद छुट र दुई जनाका लागि निःशुल्क QFX मुभी टिकट प्राप्त गर्न सकिनेछ।

थप फाइदाहरू: छनोट गरिएका मोडेलहरूमा बृहत बीमा सुविधा, सडक कर कभरेज, र आकर्षक एक्सचेन्ज बोनस जस्ता थप लाभहरू पनि समावेश छन्।

बुकिङमा विशेष उपहार: हरेक ई-क्युट गाडीको बुकिङमा ग्राहकले ‘बोश जेट कार वासर’ र एक्स३ प्रो गाडीको बुकिङमा ‘बोश वासिङ मेसिन’ उपहार स्वरूप प्राप्त गर्नेछन्।

६.०५ लाखसम्मको फाइदा: एक्स३ प्रो एसयूभीको सुरुवाती मूल्य ४३.९६ लाख रुपैयाँ रहेको छ र ग्राहकहरूले यसमा कुल ६.०५ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

पारिवारिक मनोरञ्जन: कार्निभलमा सबै उमेर समूहका लागि पारिवारिक मनोरञ्जन, खेलकुद, र संगीतको समेत व्यवस्था गरिएको छ, जसले कार्यक्रमलाई थप रमाइलो र उत्सवमय बनाउनेछ।

केई नेपालले स्मार्ट, स्वच्छ, र आनन्ददायी तरिकाले इलेक्ट्रिक मोबिलिटीमा अपग्रेड गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो वार्षिक कार्निभल आयोजना गरेको बताएको छ। सुविधा, बचत, र उत्सवमा केन्द्रित यस कार्निभलले ईभी उत्साहीहरू र परिवारहरूका लागि अफर र मनोरञ्जनको एक गतिशील मिश्रण प्रस्तुत गर्दछ।

एक्सचेन्ज कार्निभल अवधिभर ग्राहकहरूले आफ्नो पुरानो गाडी (जुनसुकै ब्राण्डको भएपनि) ल्याएर विशेषज्ञहरूद्वारा उत्कृष्ट र अविश्वसनीय मूल्यांकन प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त, काइयीले विशेष एक्सचेन्ज बोनस, नगद छुट, र सडक कर तथा बीमाको पूर्ण कभरेज प्रदान गरिरहेको छ।

कम्प्याक्ट ई-क्युट ०२, बहुउपयोगी ई-क्युट ०४, र शक्तिशाली एक्स३ प्रो ईभी गरी तीनवटा इलेक्ट्रिक लाइनअप मोडेलहरूलाई प्राथमिकतामा राख्दै, काइयीले आराम, स्टाइल, सुरक्षा र प्रदर्शन सहितको दिगो आविष्कारलाई निरन्तरता दिइरहेको छ।

यो कार्निभल केवल अफरहरूमा मात्र सीमित छैन – यो संगीत, रमाइला खेलहरू, र सम्पूर्ण परिवारलाई संलग्न गराउने गतिविधिहरू सहित मनोरञ्जन र उत्सवले भरिपूर्ण हुनेछ। उत्सवमय सजावट र रोमाञ्चक आश्चर्यहरूका साथ, यो कार्यक्रमले समुदाय र उत्सवको भावनालाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो, विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो। केई अटोले ICE इन्जिन, इलेक्ट्रिक र हाइब्रिड गाडीहरू उत्पादन गर्दै पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्वी एशिया लगायतका देशहरू र क्षेत्रहरूमा निर्यात गर्दै आएको छ। नेपालमा, कई गाडीहरूको वितरण जी.ओ अटोमोबाइल्स प्रा. लि. र लक्ष्मी ई-मोबिलिटी प्रा. लि. ले गर्दै आएका छन्।

You might also like

Comments are closed.