कजारियाको नयाँ शोरूम जोरपाटीमा उद्घाटन

काठमाडौं ।  कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ । जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस भव्य उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा संघीय सांसद सदस्य सन्तोष चालिसेको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो । कार्यक्रमलाई कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको गरिमामय उपस्थितिले अझ थप भव्य र पूर्ण बनाएको थियो । यस अवसरमा मुख्य अतिथिले रिबन काटेर यो महत्वपूर्ण विस्तारको औपचारिक सुरुवात गरे ।

यस अवसरमा बोल्दै, “यो सुरुवात केवल एउटा व्यवसायिक उद्घघाटन मात्र होइन, यो आधुनिक र सुसज्जित काठमाडौंको हाम्रो दृष्टिकोणतर्फ एक ठुलो कदम हो । कजारियाको उपस्थिति यहाको स्थानीय बजार र हाम्रा जनताप्रति राखिएको विश्वासलाई प्रतिबिम्बित गर्दछ,” संघीय सांसद सन्तोष चालिसेले उत्साहका साथ व्यक्त गरे ।”

कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले अवसरमा बोल्दै, कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताए । “काठमाडौंमा नयाँ शोरूम खोल्दै, हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केहि नयाँ ग्राहकहरूसम्म ल्याउँदैछौं । कजरिया सधैं गुणस्तरको लागि चिनिएको छ, र यो नयाँ शोरूम त्यसैको प्रमाण हो। हामी नेपालजस्तो विकासोन्मुख देशको यात्रामा सहभागी हुन पाउँदा खुशी छौं र यहाँका ग्राहकहरूसँग लामो सम्बन्ध बनाउने आशा राखेका छौं,” उनले भने ।

काठमाडौंको जोरपाटीमा अवस्थित, यस नयाँ शोरूममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई पहुँच र सुविधा दुवै प्रदान गर्दछ । यो विस्तारले गुणस्तर र डिजाइनप्रतिको काजरियाको निरन्तर प्रतिबद्धता झल्काउँछ र नेपालको निर्माण तथा आन्तरिक डिजाइन क्षेत्रमा यसको स्थानलाई अझ सुदृढ बनाउँछ ।

यस शोरूमको सुरुवातले नेपालभर उच्च गुणस्तरका टाइलहरू सहज रूपमा उपलब्ध गराउने कजारियाको मिशनलाई अगाडि बढाउँदै एक महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित गरेको छ । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०ह१२० सेमी, ६० ह ६० सेमी, १९.५ह१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०ह४० सेमी) र सिरामिक वाल टाइल्स (३०ह६० सेमी, ३०ह४५ सेमी) उपलब्ध गराउँछ।

यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

 

You might also like

Comments are closed.