कालिका कन्स्ट्रक्सनलाई उत्कृष्ट दुई अवार्ड

काठमाडौं । निर्माण व्यवसायमा अग्रणी पहिचान बनाउन सफल कालिका कन्स्ट्रक्सनले उत्कृष्ट दुई अवार्ड प्राप्त गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले कालिका कन्स्ट्रक्सनलाई अवार्ड प्रदान गरेको हो ।

एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले दुई महवपूर्ण विधामा अवार्ड जितेको हो । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पार्न सफल भयो ।

कालिका कन्स्ट्रक्शनको तर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले अवार्ड ग्रहण गरेका थिए । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड गरेका हुन् ।

You might also like

Comments are closed.