कालिका लघुवित्तको ११ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ११ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले आफ्ना २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर विक्रिमा ल्याएको हो ।

यस संस्थापक सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा सूचना जारी भएको मितिबाट ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।

लघुवित्तले  संस्थापक सेयरधनी रमेश तिवारीको ६ हजार ६ सय कित्ता र कमल प्रसाद भुसालको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सो समय भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा त्यसपछि अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिनेछ ।

You might also like

Comments are closed.